❤️देश तथा विदेशमा रहनुभएका मलाई अनि हाम्रो कान्छी भुन्टी सिरियललाई धेरै माया गर्नुहुने आदरणीय दर्शक महानुभावहरू मा नमस्कार। 🙏हिजो पर्न गएको मेरो जन्मदिनमा हजुरहरूले विभिन्न माध्यमद्वारा धेरै आशिर्वाद दिनुभएको छ। सम्पूर्णलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। गएका वर्षहरूमा झैँ यो वर्ष पनि कुनै आश्रममा गएर जन्मदिन मनाउने मेरो चाहना थियो। तर आफूसँग सानो नानी भएको कारणले गर्दा धेरै टाढा जान सहज थिएन। त्यसैले मैले नजिकै आश्रम हेर्दै गर्दा मामाघर आश्रममा पुगेँ र त्यहाँ रहनुभएका लगभग ८० - ८५ जना नानीबाबुहरूसँग आफ्नो जन्मदिन मनाउन पाएँ र उहाँहरुले धेरै माया गर्नुभयो। उहाँहरूसँग मिठो समय बिताउने मौका पाएँ। विशेष धन्यवाद मामा घर बाल आश्रमलाई र मलाई माया गरेर जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई।#kanchhi #bhunti #asha #sagar❤️🙏 #sagar❤️sahara❤️